नेपालका सात प्रदेशहरुमध्ये १ न प्रदेशको काेशी अञ्चलमा पर्ने संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो । यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्वु र भोजपुर जिल्ला, उत्तरमा चिनको तिव्वत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ । यसले नेपालको कुल क्षेत्रफलको २.३६%, साविकको पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ ।
समुद्र सतहको ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७००६’ उत्तरदेखि २७०५५’ उत्तरी अक्षांशसम्म र ८६०५७’ पूर्वदेखि ८७०४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । उत्तरतर्फो फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरुले शुसोभित यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवास युक्त पहाडी भू-भाग रहको छ ।
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ । यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लालिगुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन् । यस जिल्लाको कुल जमिनमध्ये ८।२७५ कृषियोग्य जमिन, ४०।३१५ वन क्षेत्र, ११।३७५ चरन तथा झाडी क्षेत्र, २७।३९५ हिम तथा जल क्षेत्र र १२।६६५ भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा,सिसुवाखोला लगायतका प्रमुख खोलाहरु यस जिल्लामा बग्दछन् ।
सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरु हुन भने सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी,मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरु हुन ।
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन् । यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ ।
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो । किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरुमा गढि, गोला, कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरुको नामाकरण हटियागोला, गढि बजार, लोहाकोट आदि ले पुष्टि गर्दछन् । यस जिल्लाको आर्थिक स्रोत कृषिमा निर्भर रहेको छ । आर्थिकरुपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन् ।