संक्षिप्त परिचय
नेपालका सात प्रदेशहरुमध्ये १ न प्रदेशको काेशी अञ्चलमा पर्ने संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो । यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्वु र भोजपुर जिल्ला, उत्तरमा चिनको तिव्वत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ । यसले नेपालको कुल क्षेत्रफलको २.३६%, साविकको पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ ।
समुद्र सतहको ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७
००६’ उत्तरदेखि २७
०५५’ उत्तरी अक्षांशसम्म र ८६
०५७’ पूर्वदेखि ८७
०४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । उत्तरतर्फो फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरुले शुसोभित यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवास युक्त पहाडी भू-भाग रहको छ ।
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ । यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लालिगुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन् । यस जिल्लाको कुल जमिनमध्ये ८।२७५ कृषियोग्य जमिन, ४०।३१५ वन क्षेत्र, ११।३७५ चरन तथा झाडी क्षेत्र, २७।३९५ हिम तथा जल क्षेत्र र १२।६६५ भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ ।
थप पढ्नुहोस्